Like us!
Follow us!
Connect us!
Watch us!

१० रुपैयाँको पोलिमर नोट छाप्नु अघि नै घूस

सोमबार, ०९ पुस २०७५, ०८ : ४५ मा प्रकाशित

१० रुपैयाँको पोलिमर नोट छाप्नु अघि नै घूस

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीले १० रुपैयाँको पोलिमर नोट छाप्नुअघि नै कम्पनीबाट ‘घूस’ लिएको तथ्य फेला परेको छ ।

अस्ट्रेलियन प्रहरीको अनुसन्धान र त्यस क्रममा अख्तियारमा बुझाइएको छानबिन प्रतिवेदनमा नेपाल राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्यालले अस्ट्रेलियन डलर ७ हजार ७ सय ३५ बुझेको उल्लेख छ ।

‘नेपाल राष्ट्र बैंकले पोलिमर नोटको योजना थाल्नासाथ पौड्याल व्यक्तिगत भिसामा गोप्य रूपमा अस्ट्रेलिया गएको र नोट प्रिन्टिङ लिमिटेडका पदाधिकारीलाई भेटेर फर्केको खुलेको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘अनुसन्धानका क्रममा पुष्टि भएको इमेल पत्राचारमा पौड्यालले नोट प्रिन्टिङ अस्ट्रेलियासँग भ्रमणबापतको रकम बुझेको विवरण समावेश छ ।

जसमा बेरी ब्रान्डीले पौड्याललाई इमेल लेखी ७ हजार ७ सय ३५ अस्ट्रेलियन डलर पठाइदिएका छन्।’ तत्कालीन नोट विभाग प्रमुख पौड्याल व्यक्तिगत भिसामा अनौपचारिक तरिकाले अस्ट्रेलिय भ्रमण गरी रकमसमेत बुझेको भनी दुवैतिरका अधिकारीले पटक–पटक इमेलमा गफ गरका छन् ।

पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित ३ जनाविरुद्ध मुद्दा दायर गरको छ । अख्तियारले तत्कालीन नोट विभाग प्रमुख पौड्याल र मे फ्लावर लिमिटेडका नेपाल एजेन्ट हिमालयबहादुर पाँडेविरुद्धसमेत ९१ लाख ९ हजार ८८९ रुपैयाँ बिगो मागदाबी गरको आजको कान्तिपुरमा समाचार छ ।

राष्ट्र बैंकले अस्ट्रेलियामा पहिलो चरणमा १० रुपैयाँका ५ करोड थान पोलिमर नोट छापेको थियो। बोलपत्र प्रकाशित हुनुपूर्व राष्ट्र बैंकले नोट प्रिन्टिङ अस्ट्रेलियासँग मस्यौदा लिने, सञ्चालक समितिको निर्णय चुहाउने गरको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अस्ट्रेलियालाई हस्तान्तरण गर्न लगाएको भन्दै अख्तियारले त्यस क्रममा राष्ट्र बैंक र नोट प्रिन्टिङ अस्ट्रेलिया तथा त्यसका प्रतिनिधिबीच निरन्तर पत्राचार भएकोसमेत दाबी गरका छ ।

रावल राष्ट्र बैंकबाट अवकाश पाएपछि मधेसी जनअधिकार फोरमबाट सभासद भएका थिए । उनी हाल कांग्रेसमा छन्। दिल्लीस्थित अस्ट्रेलियाको हाई कमिसनका कन्सुलरले २०७०असोज १७ गते अख्तियारका प्रमुख आयुक्तलाई भेटी एक सीडी हस्तान्तरण गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको