Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करीमा सघाएको आशंकामा दुई भन्सार अधिकृत पक्राउ

विहीबार, २८ पुस २०७३, १४ : ११ मा प्रकाशित

सुन तस्करीमा सघाएको आशंकामा दुई भन्सार अधिकृत पक्राउ

अर्थ संसार
काठमाडौं–केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाट बाहिरिएपछि नियन्त्रणमा लिइएको ३४ केजी सुन तस्करी गर्न भन्सारकै कर्मचारीले सघाएको आशंका गरेको छ । ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई भन्सार अधिकृतहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।  

पक्राउ पर्नेमा विमानस्थल भन्सारका अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाल छन् । भन्सार विभागले यसअघि सुन तस्करीमा मिलोमतो गरेको आशंकामा बिहीबार २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको थियो। दुवइबाट ल्याइएको ३४ किलो सुन बिहीवार विमानस्थलबाट बाहिरिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 सुनसँगै तस्करीमा संलग्न गोपालबहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्ले पक्राउ परेका थिए । यति ठूलो परिमाणमा सुन बरामद भएपछि सरकारका माथिल्लो निकायका ब्यक्तिहरुसँग सेटिङ मिलाइएको आशंका गरिएको छ । 

पनि पढ्नुहोस्

आस्बामा फागुनदेखि वित्तीय संस्थालाई पनि सामेल गरिने

युवा युद्यमीले प्रस्तुत गरे आफ्ना बिजेनस आइडिया, सफल ब्यवसायी लगानी गर्न इच्छुक

कसमसको ९ प्रतिशत सेयर साधारणमा परिणत, २२.६प्रतिशत बोनस पारित

सिन्धुली महोत्सव साँढे १० लाख नाफामा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको