Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुली महोत्सव साँढे १० लाख नाफामा

विहीबार, २८ पुस २०७३, ११ : २८ मा प्रकाशित

सिन्धुली महोत्सव साँढे १० लाख नाफामा

अर्थ संसार
सिन्धुली–सिन्धुली उद्योग बाणिज्य संघले कमलामाई नगर पालिका र सिन्धुली जिल्ला विकास समितिसँगको सहकार्यमा पुस दोस्रो साता आयोजना गरेको सिन्धुली महोत्सवमा १० लाख ४३ हजार ४ सय ६ रुपया नाफा भएको छ ।

उद्योग बाणिज्य संघले बुधवार महोत्सवको आय व्याय विवरण सार्वजनिक गरेको हो । मेलामा ६७ लाख ९२ हजार ७ सय ७९ रुपैयाँ आम्दानी भएको र ५७ लाख ४९ हजार ३ सय ७३ रुपया खर्च भएको संघले जनाएको छ ।

महोत्सवमा स्टल विक्रिवाट २० लाख ६६ हजार ३ सय, महोत्सव प्रवेश शुल्कबाट ३६ लाख १९ हजार ९ सय ७९ रुपैयाँ, बाल उद्यानबाट ८ लाख ५० हजार, प्रायोजकबाट २ लाख ५० हजार र नृत्य प्रतियोगिता प्रवेश शुल्कबाट ६ हजार ५ सय आम्दानी भएको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठले जानकारी दिए ।

संघले समान खरिदमा १ लाख ९६ हजार, प्रचार प्रसारमा ६ लाख ७८ हजार ६ सय ८५, स्टल निर्माणमा १० लाख ४८ हजार ५ सय, व्यापार प्रवद्र्धनमा ३ लाख ३५ हजार ९ सय ५०, प्रशासनिक खर्च ११ लाख २९ हजार ४८, साँस्कृतिक कार्यक्रममा २० लाख २३ हजार, सम्मेलन खर्च तथा विविध खर्च ३ लाख २६ हजार १ सय १५ र लेखा परिक्षण शुल्क तथा कर कट्टी १२ हजार ७५ रुपयाँ खर्च भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘समृद्ध सिन्धुली निर्माणको आधार, कृषि, पर्यटन र उद्याग क्षेत्रको लगानीमैत्री वातावरणमा सुधार’ भन्ने नाराका साथ सिन्धुलीमा पुस ७ देखि १८ गतेसम्म सञ्चालन भएको महोत्सवमा भएको नाफाले सिन्धुलीको खम्बेचौडी निर्माणका लागि लगानी गर्ने अध्यक्ष श्रेष्ठले वताए ।

‘सिन्धुली महोत्सवबाट प्राप्त नाफाले सिन्धुलीमा नयाँ काम गर्ने योजनाअनुरुप सिन्धुलीको पहिचान बोकेको खम्बेचौडीको स्तर उन्नतिको लागि स्थानीय क्रियासिल राजनीतिक दललाई भनेका छौं, चाडै निर्णय गरेर काम थाल्छौं’ अध्यक्ष श्रेष्ठले भने । सिन्धुली महोत्सवको मिडिया पार्टनरमा अर्थसंसार डटकम रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको