Like us!
Follow us!
Connect us!
Watch us!

कसमसको ९ प्रतिशत सेयर साधारणमा परिणत, २२.६प्रतिशत बोनस पारित

विहीबार, २८ पुस २०७३, ११ : १० मा प्रकाशित

कसमसको ९ प्रतिशत सेयर साधारणमा परिणत, २२.६प्रतिशत बोनस पारित

अर्थ संसार
 काठमाडौं–कसमस डेभलपमेन्ट बैंक लिमिटेडको बार्षिक साधारणसभाले २३.६० प्रतिशत वोनस शेयर र कर प्रयोजनाका लागि नगद लाभाँस ६ लाख २४ हजार ९ सय ३४ रुपैया बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस कसमस डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७२÷०७३ आषाढ मसान्तसम्मको संचित मुनाफाबाट सोही अवधिमा कायम रहेको चुक्ता पूँजी १० करोड ६ लाख २५ हजार रुपैयाँमा १ करोड १८ लाख ७३ ७ सय ५० हजार बोनस शेयर वितरण गरी चुक्ता पूँजी बृद्घिसमेत गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै संस्थापक शेयरधनीहरुको समुहमा ५१ प्रतिशत शेयर कायम राखि त्यस समुहको वाँकी ९ प्रतिशत शेयर सर्वसाधारण समुहमा परिणत गर्ने प्रस्ताव पारित भएको छ । कसमसले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसंग मर्जर गर्ने सम्झौता गरिसकेको छ ।

बैंकले गोरखाको हरमटारीमा प्रधान कार्यालय रहेको बैंकले आरुघाट, घ्याम्पेसाल र पालुङटारमा गरी ३ वटा शाखा कार्यलय र गोरखाकै छेवेटारमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको