Like us!
Follow us!
Connect us!
Watch us!

आस्बामा फागुनदेखि वित्तीय संस्थालाई पनि सामेल गरिने

विहीबार, २८ पुस २०७३, १३ : २९ मा प्रकाशित

आस्बामा फागुनदेखि वित्तीय संस्थालाई पनि सामेल गरिने

अर्थ संसार
काठमाडौं–सेयरको सार्वजनिक निष्काशन हुँदा लगानीकर्ताको खातामै रकम रोक्का गरेर आवेदन लिने प्रणाली (आस्बा) लागू गर्न धितोपत्र बोर्डले फागुनदेखि ग श्रेणीका वित्तीय संस्थालाई पनि अनुमति दिने भएको छ ।

दरखास्त फारम संकलन तथा तत् सम्बन्धी कार्य गर्न धितोपत्र खरिदसम्बन्धी निर्देशिकाबमोजिमको आस्बा प्रणाली माघदेखि लागू हुँदैछ । आस्बा अहिलेसम्म ऐच्छिक छ । बोर्डले अनिवार्य नगरेसम्म बिद्यमान संकलन केन्द्रसम्बन्धी व्यवस्थामार्फतसमेत लगानीकर्ताहरुले सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि आवेदन गर्न सक्नेछन् । 

बोर्डले नेपाल राष्ट्र बैंकबाट क र ख वर्गको इजाजतपत्र प्राप्त संस्थाहरुलाई मात्रै उक्त प्रणालीमा समावेश गर्ने सर्त राखेको थियो । नेपाल वित्तीय संस्था संघले आफूहरुलाई समेत समावेश गर्न ज्ञापन पत्र बुझाएरै अनुरोध गरेपछि बोर्डले फागुन महिनादेखि वित्त कम्पनलाई समावेश गराउने भएको हो । 

यो पनि पढ्नुहोस्

युवा युद्यमीले प्रस्तुत गरे आफ्ना बिजेनस आइडिया, सफल ब्यवसायी लगानी गर्न इच्छुक

कसमसको ९ प्रतिशत सेयर साधारणमा परिणत, २२.६प्रतिशत बोनस पारित

सिन्धुली महोत्सव साँढे १० लाख नाफामा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको