Like us!
Follow us!
Connect us!
Watch us!

ब्राउन सुगर कारोबारी पक्रिन प्रहरीले गोली चलायो, एक घाइते

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १२ : ०० मा प्रकाशित

ब्राउन सुगर कारोबारी पक्रिन प्रहरीले गोली चलायो, एक घाइते

बाँके जिल्लामा ब्राउन सुगर कारोबारी पक्रिन प्रहरीले चलाएको गोली लागि एक जना घाइते भएका छन् ।

जिल्लाको जानकी गाउँपालिका ६ मा ठुलो परिणाममा ब्राउन सुगरको कारोबार भई रहेको सूचनाको आधारमा परिचालित लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट विशेष टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले जानकी गा.पा- ६ रियार बस्तीबाट बाँके कोहलपुर घर भएका सुशील परियार र शरण बहादुर कार्कीलाई पक्राउ गरेको हो ।

स्कुटरमा सवार कार्कीलाई चेकजाँचका क्रममा दाहिने गोजीबाट ११४.२६ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको र प्रहरीले नियन्त्रणमा लिने क्रममा सुशील परियार भाग्न खोज्दा प्रहरीले एक राउण्ड गोली फायर गरेको जनाएको छ । गोली परियारको बाँया खुट्टाको तिघ्रामा लागेको र उपचारको लागी भेरी अस्पताल नेपालगञ्ज बाँकेमा लगिएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रहरीले उनीहरु सवार भे ६ प ६२०६ र भे ५ प ३१३५ नम्बरको दुई स्कुटर पनि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको पनि प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको