Like us!
Follow us!
Connect us!
Watch us!

भिजिट भिसामा पठाउने भन्दै ८२ लाख ठग्ने व्यक्ति दुबईबाट पक्राउ

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १७ : १० मा प्रकाशित

भिजिट भिसामा पठाउने भन्दै ८२ लाख ठग्ने व्यक्ति दुबईबाट पक्राउ

भिजिट भिसामा विदेश पठाउने भन्दै करिब ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई दुबईबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  बाँके खजुरा गाउँपालिका-६ सिमलघारी घर भएका ३० वर्षीय कमल विश्वकर्मा रहेका छन् । इन्टरपोलको सहयोगमा विश्वकर्मालाई युएईमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ । भिजिट भिसामा दुबई पठाइने भन्दै उनले १८ जनालाई ठगी गरेको जनाइएको छ ।

२०७९ को असारमै वैदेशिक रोजगार विभागमा विश्वकर्माविरुद्ध उजुरी परेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको