Like us!
Follow us!
Connect us!
Watch us!

अल वेहडामाथि अल नासर ६-० ले विजयी, रोनाल्डोको ह्याट्रिक

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, ०८ : ३१ मा प्रकाशित

अल वेहडामाथि अल नासर ६-० ले विजयी, रोनाल्डोको ह्याट्रिक

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६-० गोल अन्तरले अपराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए ।

रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन् । 

योजितसँगै अल नासरको ३० खेलमा ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहदै शिर्ष स्थानमा रहेको छ ।  त्यसैगरी अल वेहडाको भने ३० खेलमा ३२ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको