Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, ०८ : १५ मा प्रकाशित

ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-२ गोलले पराजित गरेको हो ।

अल नासरको जितमा मार्सेलो ब्रोजोभिकले ९१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि उनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । त्यस्तै यस खेलमा खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।

त्यसैगरी अल अखडोउडका लागि हसन अल हबिब र साभियोर गडविनले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको ३१ खेलमा ७७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल  नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलाल एक खेल कम खेलेको छ ।

त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको