Like us!
Follow us!
Connect us!
Watch us!

वाईवाईको गुणस्तरका बिषयमा भ्रामक कुरा बोल्नेलाई कारबाही गरिन्छ: प्रदिप पुडासैनी

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १३ : ०५ मा प्रकाशित

वाईवाईको गुणस्तरका बिषयमा भ्रामक कुरा बोल्नेलाई कारबाही गरिन्छ: प्रदिप पुडासैनी

चौधरी ग्रुपको लोकप्रिय ब्राण्ड वाईवाईका सीईओ प्रदिप पुडासैनीले वाईवाई चाउचाउको गुणस्तरका बिषयमा आधारहिन,भ्रामक र तथ्यहिन कुरा बोल्नेलाई कारबाही गरिने बताएका छन् । 

चाउचाउको गुणस्तरमाथि प्रश्न उठेपछि स्पष्टिकरण दिदै सीईओ पुडासैनीले यस्तो बताएका हुन् । 

वाईवाईले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर रहेको उनले बताए ।

’वाईवाई चाउचाउको गुणस्तरका बिषयमा आधारहिन, भ्रामक र तथ्यहिन कुराहरु लेख्ने,बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैर कानूनी कार्य हो । यस्तो काम गर्नेहरू विरुद्ध प्रचलित कानूनी कारबाही गरिने जानकारी गराईन्छ,’ उनले भनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको