Like us!
Follow us!
Connect us!
Watch us!

कृति भेन्चरले डाक्यो साधारणसभा, आइपिओ जारी गर्ने

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, ०६ : ५२ मा प्रकाशित

कृति भेन्चरले डाक्यो साधारणसभा, आइपिओ जारी गर्ने

कृति भेन्चर लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित सातौं वार्षिक साधारणसभा डाकेको छ ।

वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ ८ गते गते काठमाडौंको गैरीगाउँस्थित कम्पनीकै टिम कर्पोरेट सेन्टरमा बस्ने गरी विशेष साधारणसभा मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाइएको छ । यसैगरी प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिने जनाइएको छ । कम्पनीले जेठ १ गते बुक क्लोज मिति तय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको