Like us!
Follow us!
Connect us!
Watch us!

अब वाइवाइको पनि आइपिओ आउँदै

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, २० : ५४ मा प्रकाशित

अब वाइवाइको पनि आइपिओ आउँदै

नेपालमा अत्यधिक सफल वाइवाइ चाउचाउको पनि आइपिओ आउने भएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल एक्समार्फत वाइवाइ उत्पादक कम्पनीको आइपिओ जारी गर्न लागेको जनाएका हुन् । उनले लेखेका छन्, "तपाईंको सबैभन्दा प्रिय वाइवाइ चाउचाउको आइपिओ नेपालमा जारी गर्न लागेको खबर सुनाउन हामी अति नै उत्साहित भएका छौँ ।"

चौधरी ग्रुपअन्तर्गतको सिजी फुड्सले वाइवाइ चाउचाउ उत्पादन गर्ने गर्दछ । कम्पनीले आइपिओ जारी गर्ने बताएसँगै नेपालबाट चौधरी ग्रुपले डाइभेस्ट गर्ने योजना अघि बढाउन थालेको टिप्पणी भएको छ । केही समय अघि चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सोही भावको अभिव्यक्ति दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको