Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, ११ : ०३ मा प्रकाशित

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नबिल बैंकको संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकले दुईजना संस्थापकको नाममा रहेको कुल ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । 

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको