Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकबाट १ करोड ३४ लाख चोरी गरेको आरोपमा चार जना पक्राउ

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, १० : ११ मा प्रकाशित

नबिल बैंकबाट १ करोड ३४ लाख चोरी गरेको आरोपमा चार जना पक्राउ

 नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेपछि प्रहरीले त्यो समूहलाई ३ जनालाई नेपाल र एक जनालाई भारतबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटमा सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित तीन नेपाली नागरिक रहेका छन् भने भारतको घोडासनमा मण्टु पासवान नाम र अर्को व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चोरले टिनको बक्सा फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरेका थिए ।

नबिल बैकबाट चोरी भएको सूचना पाएपछि प्रहरीले सुरु गरेको अनुसन्धानमा चार जना बैंक भित्र प्रवेश गरी दराजबाट पैसा निकालेको सिसिटिभी फुटेजमा देखिएको थियो।

सो रकम बैङ्कले राखेको स्टिल दराजबाट चोरी भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको