Like us!
Follow us!
Connect us!
Watch us!

पेस्तोल र गाडीसहित एक पुरुष नियन्त्रणमा

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, १९ : ४३ मा प्रकाशित

पेस्तोल र गाडीसहित एक पुरुष नियन्त्रणमा

काठमाडौंमा पेस्तोल र गाडीसहित एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार दिउँसो १२:४० बजेको समयमा गोकर्णेश्‍वर नगरपालिका वडा नं. ५ नयाँबस्ती पहेलो पुल नजिकैबाट प्रहरीले काभ्रेपलान्चोक रोसी गाँउपालिका वडा नं. ५ घर भई हाल गोकर्णेश्‍वर-६ बस्ने ३८ वर्षीय मिमसिंह लामालाई नियन्त्रणमा लिएको हो । लामा बा १८ च ८३६१ नम्बरको सिल्भर कलरको स्कारपियो गाडीमा हतियार लिएर हिडेको अवस्थामा फेला परेका थिए ।

उनको साथबाट प्रहरीले नाम नम्बर नभएको सेमि अटोमेटिक सिल्भर कलरको पेस्तोल र त्यसमा लाग्ने चार राउन्ड गोली बरामद गरेको छ । घटनाबारे प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको