Like us!
Follow us!
Connect us!
Watch us!

रु रु हाइड्रोको लकइन सकिँदा उच्च सप्लाई, आज पनि नकारात्मक सर्किट लाग्यो

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, ११ : २९ मा प्रकाशित

रु रु हाइड्रोको लकइन सकिँदा उच्च सप्लाई, आज पनि नकारात्मक सर्किट लाग्यो

रु रु हाइड्रोपावर कम्पनीको लकइन अवधि समाप्त हुँदा व्यापक बिक्री दबाब आएको छ ।

उक्त कम्पनीको संस्थापक समूहको ३९ लाख ४५ हजार ८८८ कित्ता शेयर, आयोजना प्रभावित स्थानीयको ४ लाख ८९ हजार २४५ कित्ता तथा कर्मचारीलाई बाँडफाँड गरिएको ९ हजार ८ सय ५८ कित्ता सेयरको लक इनमा रहेको थियो । सोही परिमाणको सेयरको लकइन अवधि समाप्त भएसँगै उच्च बिक्री माग आउँदा आज बिहीबार उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै वैशाख ३ गते लकइन पिरियड समाप्त हुने जानकारी दिएको थियो । लकइन खुलेसँग ४ गते नकारात्मक सर्किट लागेको कम्पनीको सेयरमा आज लगातार दोस्रो नकारात्मक सर्किट लागेको हो । अहिले कम्पनीको ५५ हजार कित्ता बढी सेयर बिक्रीमा छ भने खरिदकर्ता शुन्य रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको