Like us!
Follow us!
Connect us!
Watch us!

२०२४ मा विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १० : २० मा प्रकाशित

२०२४ मा विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले हुने अनुमान सार्वजनिक गरेको छ ।

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा वर्ल्ड इकोनमिक आउटलुक सार्वजनिक गर्दै आईएमएफले सन् २०२४ मा पनि सन् २०२३ जति नै आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो ।

गत अक्टोबरमा विश्वको आर्थिक वृद्धि सन् २०२४ मा २.९ प्रतिशत मात्रै हुने प्रक्षेपण आईएमएफको थियो । कोरोना महामारीको संकटपछि आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि भएको कोषले जनाएको छ ।

सन् २०२२ को मध्यमा उच्च विन्दुमा पुगेको महँगी क्रमश घट्ने क्रममा रहेको र रोजगारी र आम्दानीका अवसर क्रमश बढीरहेको कोषको सार्वजनिक गरेको आउटलुकमा उल्लेख छ । सन् २०२४ मा समृद्ध राष्ट्रहरुको आर्थिक वृद्धि १.७ र उदयिमान राष्ट्रको आर्थिक वृद्धि ४.२ प्रतिशतले हुने कोषको अनुमान छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको