Like us!
Follow us!
Connect us!
Watch us!

गायिका एलिना चौहानले गरिन् विवाह

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, १३ : २६ मा प्रकाशित

गायिका एलिना चौहानले गरिन् विवाह

गायिका एलिना चौहान विवाह गरेकी छन्। उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् ।

उनीहरूको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । विवाह समारोहमा दुबै तर्फका साथीभाइ, आफन्त सहभागी छन् । 

विष्णु  एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । 
झापाकी एलिना र बागलुङका विष्णुले केही समयको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा बिहेमा परिणत गर्न लागेका हुन्।  

विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् । 

एलिना नेपाली सांगीतिक क्षेत्रकी पछिल्लो समयकी निकै चर्चित गायिका हुन्।  

एक दर्जन बढी गीत लेखेका विष्णुले एलिनासँग बाजा तालमा बोलको गीतमा स्वर समेत दिएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको