Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्स र तेह्रथुम पावर कम्पनीको हकप्रद सेबोनको पाइपलाइनमा

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १७ : २७ मा प्रकाशित

नेको इन्स्योरेन्स र तेह्रथुम पावर कम्पनीको हकप्रद सेबोनको पाइपलाइनमा

नेको इन्स्योरेन्स र तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेका छन्  ।

नेको इन्स्योरेन्स कम्पनीले १:०.२५ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद जारी गर्न बोर्डसँग चैत ६ गते अनुमति मागेको हो । प्रति कित्ता एक सय रुपैयाँ अङ्कित उक्त हकप्रदमार्फत कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ पुँजी संकलन गर्नेछ । हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २४ लाख ६० हजार सात सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड २४ लाख ५० हजार ८५५ रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले ननलाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २.५ अर्ब निर्धारण गरिदिएको छ ।

यसैगरी तेह्रथुम पावर कम्पनीले १:१ अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग चैत ७ गते अनुमति मागेको हो । प्रति कित्ता एक सय रुपैयाँ अङ्कित उक्त हकप्रदमार्फत कम्पनीले कुल ४० करोड रुपैयाँ पुँजी संकलन गर्नेछ । हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको