Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलको सवा ४४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १४ : ४३ मा प्रकाशित

सोल्टी होटलको सवा ४४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

सोल्टी होटल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि सोल्टी होटलले दिएको ५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ५ प्रतिशत बोनस सेयर र २६.५७८९ प्रतिशत नगद गरि कुल ३१.५७८९ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ४४ लाख २३ हजार ८६४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी ९२ करोड ८९ लाख ५० हजार ८१० रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ४३१ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको