Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकमा स्टाटस लेख्दै अमेरिकामा एक नेपालीद्वारा आत्मदाह

अर्थ संसार

सोमबार, २९ माघ २०८०, १४ : ३५ मा प्रकाशित

फेसबुकमा स्टाटस लेख्दै अमेरिकामा एक नेपालीद्वारा आत्मदाह

अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका एक नेपाली फेसबुकमा लामो स्टाटस लेख्दै आत्मदाह गरेका छन् ।

विगत लामो समयदेखि अमेरिका बस्दै आएका अर्जुन प्रसाद मैनालीले नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भमा आफू चढेको कारमा आगो लगाएर त्यसभित्रै जलेर आत्मदाह गरेका हुन् । पारिवारिक कलह उल्लेख गर्दै उनले आफ्नो श्रीमतीलाई सम्बोधन गर्दै पोस्ट गरेको स्टाटसमा उनले आफ्नो सालासँग परेको झगडाका बारेमा लेखेका छन् ।

जलेको अवस्थामा रहेको भाडाको कारसँगै उनको शरीर जलेको अवस्थामा फेला परेको त्यहाँको प्रहरीले जनाएको छ । नेपालमा काभ्रे घर भएका मैनाली दुई सयभन्दा बढी पटक रक्तदान गरेर विश्व रक्तदाताका रुपमा चिनिएका व्यक्ति हुन् । उनले ६ महादेशका २० देशहरूमा पुगेर १०२ लिटर रक्तदान गरिसकेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको