Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरमा दुई बालबालिका मृत फेला, आमाद्वारा आत्महत्या

अर्थ संसार

आइतबार, २८ माघ २०८०, १२ : २३ मा प्रकाशित

ललितपुरमा दुई बालबालिका मृत फेला, आमाद्वारा आत्महत्या

ललितपुरको इमाडोलमा दुई बालबालिका मृत फेला परेका छन् भने घरको चार तलाबाट हाम फालेर आमाले आत्महत्या गरेकी छन् ।

शनिबार अपरान्ह साढे चारबजे इमाडोलको ओचुहाइटको एक घरको चौथो तलाबाट ३६ वर्षीया रबिना महर्जनले हाम फालेकी थिइन् । उनलाई किस्ट अस्पताल पठाएर कोठामा हेर्दा उनका दुई बच्चा अचेत अवस्थामा फेला परेका थिए । उनीहरुलाई पनि सोही अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए । हाम फालेर गम्भीर घाइते रबिनाको भने उपचारका क्रममा आज मृत्यु भएको हो ।

बालबालिकाको मृत्युको कारण भने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको