Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

अर्थ संसार

मंगलबार, १६ माघ २०८०, १० : ११ मा प्रकाशित

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले कुल ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको