Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिइन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १० : २३ मा प्रकाशित

नेपाल रिइन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार सात सय ५० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३२८ रुपैयाँ बराबरको बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो ।

नेपाल सरकार, अर्थ मन्त्रालय र बीमा प्राधिकरणबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपछि लगानीकर्तालाई उक्त लाभांश वितरण गरिनेछ । कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको