Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति समूहको हातबाट चौधरी ग्रुपले पार्यो 'हिरो' आफ्नो पोल्टामा

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, ०८ : ०० मा प्रकाशित

ज्योति समूहको हातबाट चौधरी ग्रुपले पार्यो 'हिरो' आफ्नो पोल्टामा

चौधरी ग्रुपले अन्तत लामो हिरो मोटरसाइकल आफ्नो हातमा लिएको छ । लामो समय देखि ज्योति समूहको पोल्टामा रहेको आधिकारिक बिक्रेताको ट्याग चौधरी ग्रुपले अब आफ्नो बनाएको छ। 

हिरो मोटरसाइकल र स्कुटरको निर्माता भारतीय कम्पनी हिरो मोटोकर्पले नेपालका चौधरी ग्रुप अन्तर्गतको सीजी मोटोकर्पलाई आधिकारिक डिष्ट्रिब्युटर्स नियुक्त गरिएको जानकारी गराएको दिएको हो ।

भारतीय कम्पनीले गरेको यो निणर्यसँगै अब ज्योति समूहको हिरो संगको ३५ वर्षे सम्बन्ध तोडिएको छ । हिरोले नेपालमा सन २०१४ देखि प्रवेश गरि दुई पांग्रे मोटरमा राम्रो बजार हिस्सा ओगट्दै आएको थियो । हिरोका सुपर स्प्लेण्डर र एक्स प्लस २०० मोटरसाइकल नेपालमा रुचाईएका प्रडक्ट हुन् ।

सीजी मोटर्सले सोमबार विज्ञप्ति जारी गर्दै आफूहरु हिरोको नयाँ आधिकारिक बिक्रेता भएको घोषणा गरेको छ । यसअघि नेपालमा हिरोको आधिकारिक बिक्रेता रूप ज्योतिको कम्पनी एनजीएम थियो । हिरो मोटोकर्पले एनजीएमसँग आधिकारिक बिक्रेता नवीकरण गर्न नमानेपछि दुई संस्था बीच कानुनी लडाइ चलेको थियो। 

हिरो मोटोकर्पले अब सीजी मोटोकर्पसँगको सहकार्यमा नेपालमा अत्याधुनिक एसेम्बल प्लान्ट निर्माण गर्ने भनेको छ  । नवलपुरमा निर्माण हुने एसेम्बल प्लान्टबाट बार्षिक ७५ हजार मोटरसाइकल तथा स्कुटरहरु उत्पादन हुनेछन् । एसेम्बल प्लान्ट सन २०२४ कै मार्चबाट सुरु हुने पनि दुई कम्पनीहरुबीचको समझदारीपत्रमा उल्लेख छ ।

हिरोले नेपालमा इन्ट्री लेभलदेखि प्रिमियम सेगमेन्टका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध गराउँदै आएको छ । हिरोले एक्सप्लस २००, एक्सप्लस २०० टी, एक्सट्रिम १६० आर, एक्सट्रिम २००आर, सुपर स्प्लेण्डर, ग्ल्यामर लगायतका मोटरसाइकल बेचिरहेको छ । त्यस बाहेक डेस्टिनी १२५, मएस्ट्रो एड्ज र प्लेजर स्कुटर बेचिरहेको छ । हिरोले तत्कालै भिडा भीआई इलेक्ट्रिक स्कुटर पनि ल्याउने तयारी गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको