Like us!
Follow us!
Connect us!
Watch us!

वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउँछन् नेपाली

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १३ : २२ मा प्रकाशित

वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउँछन् नेपाली

नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को अवधिमा उक्त मुल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ३ अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको विदेशी मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ । 

सो अवधिमा उक्त मुल्यमा ६७ लाख ७८ हजार ३७१ लीटर विभिन्न प्रकारका विदेशी मदिरा नेपाल भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा वर्ष २०७८/७९ मा १ अर्ब ६ करोड ८ लाख ५ हजार रुपैयाँ बढीको विदेशी मदिरा नेपालले आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लीटर विदेशी मदिरा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

गत आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ३७ करोड ५६ लाख ७ हजार रुपैयाँको व्ह्स्किी, ३८ करोड १ लाख ९९ हजार रुपैयाँको वाइन, १ करोड २५ लाख ९० हजार रुपैयाँको जिन र  १ करोड २८ लाख ८६ हजार रुपैयाँको भोड्का नेपालले आयात गरेको छ । 

बेल्जियम, चीन, जर्मनी, भारत, आयरल्याण्ड, सर्विया, सिंगापुर, अष्ट्रेलिया, चिली, इटाली, जापान, दक्षिण अफ्रिका, स्पेन, अमेरिका, अर्जेन्टिना, फ्रान्स, भियतनाम, आयरल्याण्ड, पोर्चुगल, न्युजल्याण्ड, साउदी अरेबिया, बेलायत, ब्राजिल, नेदरल्याण्ड्स, स्वीडेन, मेक्सिको, पोल्याण्ड लगायतका देशबाट नेपालमा विभिन्न प्रकारका मदिरा आउने गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको