Like us!
Follow us!
Connect us!
Watch us!

रक्सी पिउन लाईसेन्स अनिवार्य (विज्ञप्तिसहित)

अर्थ संसार

बुधबार, १७ साउन २०८०, ११ : ५० मा प्रकाशित

रक्सी पिउन लाईसेन्स अनिवार्य (विज्ञप्तिसहित)

जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा सेवन गर्नेहरुका लागि अनिवार्य सेवन कार्ड लिनुपर्ने व्यवस्था गरेको छ । गत असार ३१ गतेको १५औं गाउँसभाबाट ‘मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यविधि– २०८०’ पारित भएसँगै पालिकाभित्र मदिरा सेवन गर्नका लागि अनिवार्य सेवन कार्ड लिनुपर्ने भएको हो ।

पालिकाभित्र मदिरा सेवन गर्ने जो कोहीले पनि कार्ड लिएर तोकिएको मात्रामा मात्रै मदिरा सेवन गर्न पाउने जनाइएको छ । कार्यविधि लागू भएपछि गाउँ पालिकाको क्षेत्रभित्र कुनै काम विशेष अथवा घुम्नका लागि अन्य ठाउँबाट आएका आगन्तुकहरुले पनि मदिरा सेवन गर्न चाहेमा पालिकामा समन्वय गरेर ‘अतिथि मदिरा सेवन कार्ड’ लिनुपर्ने बताइएको छ।

साथै, गाउँपालिकाले मदिराको विक्री वितरणका लागि इजाजत अनिवार्य गरेको छ । यस्तो इजाजत लिन र लिएकाहरुले साउन मसान्तभित्रै नवीकरणको काम सकाउन पनि गाउँपालिकाले भनेको छ ।

नियम उल्लङ्घन गर्नेलाई पहिलो पटक एक हजार रुपैयाँ जरिवाना र त्यसपछि प्रत्येक पटक दुई हजारको दरले जरिवाना गराईने व्यवस्था कार्यविधिमा रहेको छ । कार्यविधिअनुसार सेवन कार्ड लिएकाहरुले पालिकाभित्र दैनिक एउटा वियर अथवा १८० एमएल मदिरा सेवन गर्न सक्छन् ।

कार्ड लिनका लागि पाँच सय तिर्नु पर्ने छ भने अतिथि कार्डका लागि एक दिनको एक सयका दरले पैसा तिर्नुपर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको