Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको बिशेष साधारणसभा असोज २८ गते,यस्ता यस्ता छन् पारित हुने एजेण्डा

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, ०८ : ०० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको बिशेष साधारणसभा असोज २८ गते,यस्ता यस्ता छन् पारित हुने एजेण्डा

फाइल फोटो 

अर्थ संसार, काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेकाे छ ।

बैंककाे असाेज ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार सभा असोज २८ गते बुधबार बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाडौंमा हुनेछ ।

बैंकले एक सूचना प्रकाशन गर्दै सभा बिहान १० बजेदेखि वेभिनारकाे माध्यमबाट सञ्चालन हुने जानकारी दिएको छ ।

विशेष साधारण सभामा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त असोज १६ गतेदखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । तसर्थ असाेज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

5f6c01e0d5cfa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको