Like us!
Follow us!
Connect us!
Watch us!

बिदाईमा कुलमानले भने-'मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं' (पूर्णपाठसहित)

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १९ : १९ मा प्रकाशित

बिदाईमा कुलमानले भने-'मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं' (पूर्णपाठसहित)

अर्थ संसार, काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भएका छन् ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल  आइतबार सकिएको हो । 

मंगलबार घिसिङलाई एक कार्यक्रमका बीच प्राधिकरणका कर्मचारीले विदाई गरेका हुन्।  सीमित कर्मचारीहरुबीच आयोजना गरिएको कार्यक्रमबीच घिसिङले लामो बिदाई मन्तव्य दिएर प्राधिकरणबाट बाहिरिएका हुन् । 

उनले आफू प्राधिकरणमा रहँदा प्राधिकरणले हासिल गरेका उपलब्धि तथा प्रारम्भ गरिएका कामका साथै गर्न चाहेर पनि पूरा हुन नसकेको कामहरुको सम्बन्धमा चर्चा गरेका छन् ।

घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङलाई इतिहासमा विलय गराइदिएको बताएका छन् । उनले भने,'विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं ।'

घिसिङले जिम्मेवारी सम्हाल्दा मुलुक लोडसेडिङको अन्धकारले अक्रान्त थियो । आम नेपालीले दैनिक १४ घण्टासम्मको लोडसेडिङ खेप्नुपर्थ्यो  । वर्षौंदेखि लोडसेडिङको मार खेपिरहेको उनले मुलुकलाई लोडसेडिङमुक्त बनाउनमा उनको ठूलो भूमिका छ ।

लोडसेडिङ अन्त्य गर्नु मात्र अन्तिम अभिष्ट नभएर प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु समेत रहेको बताए ।

घिसिङले जिम्मेवारी सम्हालेको पहिलो वर्ष मै प्राधिकरणले १ अर्ब ४७ करोड नाफा कमाउन सफल भएको थियो । सोहि कुरालाई स्मरण गर्दै घिसिङले भने "मैले जिम्मेबारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो, त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो । दोश्रो वर्ष  २ अर्व ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वषमा नाफा बढेर ११अर्व ५ करोड रुपैयाँ पुगेको छ । कुनै वेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु पर्ने अवस्थामा पुगेको प्राधिकरण संचालनमा रहेका सार्वजनिक  संस्थानहरुमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरबपूर्ण इतिहास बनाउन सफल भएको छ ।"

यस्तो छ घिसिङले गरेको सम्बोधनको पूर्ण पाठ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको