Like us!
Follow us!
Connect us!
Watch us!

काङ्ग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, १९ : ५९ मा प्रकाशित

काङ्ग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय

जिल्ला अदालत रौतहटले काङ्ग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो । आलमलाई बम बिस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै हालेर हत्या गरेको आरोपमा उक्त सजाय निर्धारण गरिएको हो ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा परि घाइते भएकाहरुलाई आलमसहित उनका भाइ ममताभ आलम, शेष सराज र बद्री सहनीले इँटाभट्टामा हालेर जलाई हत्या गरेको आरोपमा अदालतले चार जनालाई जन्मकैद फैसला गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको