Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमै पहिलोपटक भयो कोरोना बीमाको दाबी भुक्तानी

निशा हुमाँगाई

शुक्रबार, ३० जेठ २०७७, १३ : ०३ मा प्रकाशित

नेपालमै पहिलोपटक भयो कोरोना बीमाको दाबी भुक्तानी

अर्थ संसार, काठमाडौं - नेपालमा पहिलोपटक कोरोना बीमाको दाबी भुक्तानी भएकाे छ । शुक्रबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा कोरोना बिमा गराएका कृषि विकास बैंक लिमिटेडका एक कर्मचारीलाई दाबी भुक्तानी गरिएको हो । 

बैंकको शाखा कार्यालय पुर्कोटदह, गुल्मीमा कार्यरत कर्मचारी ओव बहादुर डाँगीलाई कोरोना संक्रमण पुष्टि भएपछि बिमा बापतको १ लाख रुपैयाँ भुक्तानी गरिएको हो ।

त्यस्तै, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएकाे परीक्षणमा उनलाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको