Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन अब जेठ ३२ गतेसम्म

निशा हुमाँगाई

शनिबार, १७ जेठ २०७७, २१ : १७ मा प्रकाशित

लकडाउन अब जेठ ३२ गतेसम्म

अर्थ संसार, काठमाडौं - नेपाल सरकारले लकडाउन अब जेठ ३२ गतेसम्म लम्ब्याेने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्काे बैठकले लकडाउन अझै १२ दिन थप्ने निर्णय गरेको हो ।

संक्रमणको बढ्दो अवस्था हेरेर लकडाउन थप्ने निर्णय गरिएकाे एक मन्त्रीले जानकारी दिएका छन् ।

यसैगरी, सरकारले हवाई सेवा असार १३ गतेसम्म बन्द गर्ने निर्णय समेत गरेको छ । यो अवधिमा आवत जावतमा पनि थप कडाई गरिनेछ ।

तसर्थ यस अवधिमा लकडाउनको मोडालिटी भने परिवर्तन गरिनेछ । परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्ने अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताएका छन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको