Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमाथि लगानीकर्ता रामु खनालेको टिप्पणी : हात्ति आयो हात्ति आयो फुस्स !

आइतबार, १८ जेठ २०७७, ०५ : ४६ मा प्रकाशित

बजेटमाथि लगानीकर्ता रामु खनालेको टिप्पणी : हात्ति आयो हात्ति आयो फुस्स !

यस पटक पनि जेष्ठ १५ गते  अर्थमन्त्री संसदमा गए,  बजेट भाषण ठोके,  बजेटमा केहि राम्रो कुरा नयाँ कुरा आयो कि  माननीयहरुले टेबुल ठोके ।

शेयर बजारका लगानीकर्ताहरुले भने शेयर बजार सम्बन्धि बजेटमा केहि नयाँ कुरा आउला कि भन्ने  आशामा टेलिभिजन, एफएम , रेडियो , ईन्टरनेटको माध्यमबाट अर्थमन्त्रीको लाइभ भाषण हेरे, सुने ।

पुँजीबजार शेयर बजार भन्ने शब्द उच्चारण हुँदा बित्तिकै  भोल्युम ठूलो ठुलो पारे अब के भन्ने हुन् भन्दै  तर अन्ततः यो बर्षको बजेटमा पनि शेयर बजारको लागि नयाँ कुरा केहि परेन, अमुर्त रूपमा  यसो गरिने छ, उसो गरिने छ मात्र भनियो , बिगतकै कुरा दोहोर्‍याइयो तर मुहुर्त रूपमा ठोस कुरा केहि भनिएन, अन्ततः यो पटक पनि बजेट भाषणले शेयर लगानीकर्तालाई निराशा नै बनायो ।

यो बजेटमा केहि भएन  भने पनि स्टक डिलर कम्पनी ल्याइने छ , धितोपत्र बोर्ड , नेप्से , सिडिएसको पुनर्संरचना गरिने छ ,दोस्रो बजारलाई पुर्ण प्रबिधि मैत्री बनाउने छ, ऋणपत्रको दोस्रो बजारमा कारोबार गरिने छ भन्ने बुँदाहरु  बजेटमा समावेश गरिएको छ  ।

यी  अस्त्रहरुको प्रयोगबाट बजारमा कस्तो प्रभाव पर्ला त भन्ने प्रश्नको  सरल उत्तर किताबमा मात्र  भएर मात्र के गर्नु  व्यबहारमा लागू हुनुपर्यो नि, कार्यन्वन हुनु पर्यो नि अनि पो सकारात्मक असर देखिन्छ  होईन भने निरन्तर त्यही कुरा दोहोर्‍याएर कुनै अर्थ छैन ।

धेरै लगानीकर्ताहरुको चासोको बिषय बैंकलाई ब्रोकर लाइसेन्स दिने , मार्जिन कलमा परिवर्तन गर्ने , शेयरधितोमा  ऋण लिदा सहुलियतपूर्ण ब्याजदरमा दिने , कर छुट दिने, शेयर बिक्रिको नाफामा लाग्ने करको दरमा  कटौती गर्ने , ब्रोकरले लिने कमिशनको दरमा कटौती गर्ने , ब्रोकरहरुको  सिण्डिकेट अन्त्य गर्ने  लगायतका महत्त्वपूर्ण कुराहरु  बजेटमा सम्बोधन नगरिनु निकै  दुःखद पक्ष हो ।

समग्रमा भन्नू पर्दा यो बजेट बर्षको बजेट शेयर बजारको  निमित्त कर्मकाण्डीको निरन्तरता बाहेक केहि देखिदैन । उँहि पुरानै  बोत्तल , उही पुरानै कुरा , उहि पुरानै भाषा , उहि पुरानै सोचाइ भएको मान्छेले गरेको बजेट भाषणबाट के नया आशा गर्नु ।

नेपालको अर्थतन्त्र अर्थशास्त्रको सिद्धान्तले होईन पशुपतिनाथको कृपाले चल्छ भने झै नेपालको शेयर बजार पनि अर्थमन्त्रीले गर्ने बजेट भाषणले होईन  लगानिकर्ताको उत्साह , जोश एवं जागरले चल्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको