Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तकाे खुद नाफा बढ्दा सञ्चालन मुनाफा के भयाे ?

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, ११ : १६ मा प्रकाशित

सिभिल लघुवित्तकाे खुद नाफा बढ्दा सञ्चालन मुनाफा के भयाे ?

अर्थ संसार काठमाडाैं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड २६ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ९.०२ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड १६ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी  ४ करोड ५२ लाख ३९ हजार रुपैयाँबाट बढेर ५ करोड ९२ लाख २४ हजार रुपैयाँमा आइपुगेकाे छ । संस्थाकाे सञ्चालन मुनाफा ८९ लाख ६५ रुपैयाँ घटेर ९३ लाख १८ हजारमा सीमित भएको छ । गत वर्ष संस्थाकाे सञ्चालन नाफा १ करोड ८२ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ११ करोड ४१ लाख रुपैयाँ, जगेडा कोषमा ३ करोड ८४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा र प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ६० पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb0fa79a4f9d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको