Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना काेषमा रिलायन्स लाइफद्वारा ७ लाख ५० हजार सहयोग

निशा हुमाँगाई

शुक्रबार, ०५ बैशाख २०७७, १३ : ५९ मा प्रकाशित

काेराेना काेषमा रिलायन्स लाइफद्वारा ७ लाख ५० हजार सहयोग

अर्थ संसार, काठमाडौं - सरकारले स्थापना गरेकाे कोरोना भाइरस  संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ७ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । 

अहिलेको यस विषम परिस्थितिमा सहयोगको पाइला अघि बढाउँदै कोषमा साे रकम प्रदान गरिएकाे कम्पनीले बताएकाे छ । 

त्यस्तै, उक्त रकमबाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरूको उपचारमा मद्दत पुग्ने कम्पनीले विश्वास गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको