Like us!
Follow us!
Connect us!
Watch us!

काेराेनाकाे आशङ्कामा सनसिटी अपार्टमेन्टमा आरडीटी टेस्ट शुरु, थपिएलान् त संक्रमित ?

निशा हुमाँगाई

बुधबार, ०३ बैशाख २०७७, १४ : १४ मा प्रकाशित

काेराेनाकाे आशङ्कामा सनसिटी अपार्टमेन्टमा आरडीटी टेस्ट शुरु, थपिएलान् त संक्रमित ?

अर्थ संसार, काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका एकै परिवारका दुई जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे छ । 

कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ र्यापिड टेस्ट (आरडीटी) शुरु गरिएको छ । अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य समस्या भएकाको पहिले परीक्षण भइरहेको छ ।

यसैगरी, अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । बढी आवश्यक देखिएका व्यक्तिको पहिले परीक्षण भएपछि सङ्क्रमित व्यक्ति बस्दै आएको ‘ए ब्लक’ मा बसोबास गर्नेहरुको परीक्षण हुनेछ । त्यसपछि अरू ब्लकको पनि परीक्षण गरिनेछ ।

त्यसैगरी, अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरुको परीक्षण गर्नुपर्ने माग गरेका छन् । अपार्टमेन्ट नजिकमा रहेका पसल र घरले समेत आफू सङ्क्रमितको सम्पर्कमा आएको हुनसक्ने भन्दै परीक्षण गर्नुपर्ने माग गरेको नगर प्रमुख कृष्णहरी थापाले बताएका छन् । 

यस्तै, अपार्टमेन्टभित्र बसोबास गर्नेको परीक्षण सकिएपछि त्यस बाहिरका बैंक, पसल, एटीएमलगायत स्थानका व्यक्तिको पनि परीक्षण हुनेछ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको