Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता IPO आजदेखि बिक्री खुल्ला (भिडियाे)

निशा हुमाँगाई

मंगलबार, ०४ चैत्र २०७६, १२ : ११ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आजदेखि  १ करोड ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको छ ।

यसैगरी, कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

त्यसैगरी, प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त साधारण न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै, आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको उक्त साधारण शेयरमा छिटोमा चैत्र ७ गतेसम्म र ढिलोमा चैत्र १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै, कम्पनीले निष्कासन गर्न लागेको उक्त साधारण शेयरलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । यस शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हेर्नुहाेस् भिडियाे :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको