Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

निशा हुमाँगाई

मंगलबार, ०४ चैत्र २०७६, ११ : १३ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर मूल्य समायोजन भएको हाे ।

स्टकका अनुसार नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ३९६ रुपैयाँ १९ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।

त्यस्तै, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ६८२ रुपैयाँ ७३ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको