अर्थ संसार, काठमाडौं– विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ। आइतबार मस्कोमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रो पटक उपाधि कव्जा गरेको हो ।
उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ।
दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ।
कसले कति पाए
क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६-१६ मिलियन डलरका दरले पुरस्कार पाउएका छन्। क्वार्टरफाइनलबाट बाहिरिनेमा उरूग्वे,ब्राजिल, रसिया र स्विडेन छन्।
यस्तै प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम (पोर्चुगल,अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बिया) ले १२-१२ मिलियन अमेरिकी डलरका दरले पाए। यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८-८ मिलियन डलर पाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस