Like us!
Follow us!
Connect us!
Watch us!
आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता छन्

नेप्से बढ्दा कारोबार किन घट्यो ?

आइतबार, ३१ असार २०७५, १५ : ३५ मा प्रकाशित

नेप्से बढ्दा कारोबार किन घट्यो ?

अर्थ संसार, काठमाडौं–  साताको पहिलो दिन (आज) आइतबार सेयर बजार ८.११ अंकले बढेको छ । कारोबार भएको फाइनान्स समूह बाहेक अरु सवै समूहमा हरियाली छाउँदा १२००.०७ विन्दुमा पुगेको छ ।

बजारर बढेपनि कारोबार रकम भने ह्वात्तै घटेको छ । १७० वटा कम्पनीको ६ लाख ६७ हजार ४३४ कित्ता सेयर खरिदविक्री हुँदा १९ करोड ३८ हजार २६ हजार ४१० रुपैयाँको कारोबार भएको छ ।

लगानीकर्ताले दोस्रो बजारमा सेयर होल्ड (आफूसँग भएको सेयर कारोबार नगर्र्ने) गरेसँगै कारोबार कित्तासँगै रकममा पनि कमी भएको हो ।

नेप्सेमा लिष्टिङक कम्पनीको धमाधम वार्षिक साधारणसँगै सेयरधनीलाई दिने लाभांस र हकप्रद सेयर निश्कासनको मिति तोकिएसँगै लगानीकर्ता आफूसँग भएको सेयर होल्ड गर्ने थालेको देखिन्छ ।

आज क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.७६ अंकले बढेको छ । कारोबार समूह मध्ये फाइनान्स समूह मात्रै रातो भएको छ । सवै भन्दा बढी इन्स्योरेन्स ४३.४९ अंकले बढेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु  

5b4b1aa10e27b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको