Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकमा नयाँ संचालक समिति, अध्यक्षमा पुनः शाह

शनिबार, ३० असार २०७५, ०९ : ५७ मा प्रकाशित

मेगा बैंकमा नयाँ संचालक समिति, अध्यक्षमा पुनः शाह

अर्थ संसार, काठमाडौँ-  मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ ।

मेगा बैंकको शुक्रबार सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।

साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन हुनुभएको छ । यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित हुनुभएको छ ।

सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरिएको छ । बैंकको अध्यक्षमा पुनः निर्वाचित भएपछि शाहले छोटो समयमै मेगा बैंक नेपालको अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गर्व लागेको बताउनुभयो । ग्राहक र शेयरधनीले मेगा बैंकप्रति देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै उहाँले मेगा बैंकलाई अझै सुविधा सम्पन्न र बैंकिङ सुविधाबाट बञ्चित विपन्नवर्गको पहुँचमा पुर्याउने बताउनुभयो ।

यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले अब मेगा बैंकले रफ्तार लिने बताउनुभयो । मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उहाँले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताउनुभयो ।
 
‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा ९९ वटा शाखा विस्तार गरेको छ भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन् ।

5b497b1a06c03.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको