Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? हेरौ, कम्पनी विश्लेषण

शुक्रबार, २९ असार २०७५, ०८ : ४० मा प्रकाशित

एनएमबी माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? हेरौ, कम्पनी विश्लेषण

अर्थ संसार, काठमाडौं- एनएमबी माइक्रोफाइनान्सले चालू आवको चैत मसान्तसम्ममा रू. २ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३८ प्रतिशत कम हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा रू. ३ करोड ५२ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीको ब्याज खर्च, कर्मचारी खर्चलगायत अन्य खर्च बढेकाले नाफा बढ्न सकेको छैन । चैत मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी २८ प्रतिशत बढेर रू. १४ करोड ८ लाख पुगेको छ भने कम्पनीले रिजर्भ कोषमा रू. ९ करोड ८० लाख छुट्याएको छ ।

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (शुक्रवार, २९ असार २०७५)साथै, कम्पनीले पूँजीवृद्धिका लागि १ बराबर १ दशमलव ५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले लघुवित्त सेवालाई सबल र सक्षम रूपमा विस्तार गर्न हालको पूँजी अपर्याप्त भएकाले पूँजीवृद्धिका लागि हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • चैत मसान्तसम्ममा कम्पनीले रू. ६१ करोड ५५ लाख निक्षेप सङ्कलन गरेर रू. २ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिमा लगानी रू. २० लाख छ ।

  • कम्पनीको खुद ब्याज आम्दानी रू. ११ करोड ९३ लाख, कर्मचारी खर्च रू. ७ करोड ६० लाख, अन्य सञ्चालन खर्च रू. ३ करोड ४ लाख र सञ्चालन नाफा रू. ३ करोड ४० लाख छ । कम्पनीले सम्भावित जोखीमबापतको व्यवस्थामा रू. २ करोड ५१ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा २ दशमलव ९३ प्रतिशत छ ।

  • कम्पनीको पूँजीकोष पर्याप्तता ११ दशमलव ०१ प्रतिशत र पूँजीकोष लागत ९ दशमलव ९१ प्रतिशत छ । साथै, कम्पनीले राष्ट्रिय स्तरको कार्यक्षेत्रमा विस्तार गर्न नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाएको हो । आगामी दिनमा वित्तीय पँहुच कम भएका हिमाली तथा पहाडी जिल्लामा शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने र तराईका जिल्लामा पनि क्रमशः शाखाहरू खोली लघुवित्त कार्यक्रम विस्तार गर्ने व्यावसायिक योजना छ । कम्पनीले चैत मसान्तसम्ममा ४५ ओटा जिल्लामा ७५ ओटा शाखामार्फत ७४ हजार ८ सय ९६ विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

  • कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात १४ दशमलव ६४ प्रतिशत, प्रतिशेयर नेटवर्थ रू. १ सय ६१ दशमलव ५९, प्रतिशेयर आम्दानी (वार्षिक) रू. २० दशमलव ६४ र मूल्य आम्दानी अनुपात (वार्षिक) रू. ६५ दशमलव शून्य ७ छ । बिहीवारको शेयरमूल्य नेटवर्थको साढे ९ गुणा धेरै छ ।

प्राविधिक विश्लेषण 
खरीद चाप : बिहीवार कारोबारको अन्तिम समयसम्ममा कम्पनीको खरीद चाप विक्री चापको तुलनामा २ गुणा बढी थियो । सो अवधिसम्म ३ हजार ८ सय ७७ कित्ता शेयर खरीद गर्ने माग र १ हजार ९ सय २० कित्ता शेयर विक्री गर्ने माग थियो ।

मैनबत्ती विश्लेषण : कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने सङ्केत देखाउँछ ।

आरएसआई : कम्पनीको ६२ दिनको कारोबारमा आरएसआई न्युट्रल जोन (६६ दशमलव ०६ स्केल)मा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

स्ट्याण्डर्ड डेभिएशन : कम्पनीको ६२ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ९३ दशमलव ९१ विन्दुमा छ । उतारचढाव उच्च छ । यस्तो अवस्थामा प्रतिफल पनि बढी र जोखीम पनि बढी हुने गर्छ ।

मुभिङ एभरेज : कम्पनीको ६२ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ६ सय ३६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ६ सय ९८ मा प्रतिरोध र सस्तिएमा रू. १ हजार ४ सय १ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको