Like us!
Follow us!
Connect us!
Watch us!

बस नचल्दा यात्रुहरुलाई सास्ती, साना सवारी साधनद्धारा मनपरी भाडा असुली

विहीबार, ०७ असार २०७५, ११ : ५९ मा प्रकाशित

बस नचल्दा यात्रुहरुलाई सास्ती, साना सवारी साधनद्धारा मनपरी भाडा असुली


शंखर पहाडी,गौरब

अर्थ सन्सार, सिन्धुली–बिपी राजमार्गमा साना  सवारी साधनले मनपरी भाडा असुलेका छन । ठुला सवारी साधन सञ्चालनमा रोक लगाएसंगै साना सवारी साधनले मनपरी भाडा असुलेका हुन ।सर्वाेच्च अदालतले ठुला सवारी साधन सञ्चालनमा  रोक लगाए पछि साना सवारी साधनले मनपरी भाडा असुलेको यात्रुहरुले गुनासो गरेका छन ।

मापदण्ड विपरीत ठुला सवारी साधन सञ्चालनमा आएको विरुद्धमा सर्वाेच्च अदालतले अन्तरीम आदेश जारी गरी त्यस्ता सवारी साधन सञ्चालनमा रोक  लगाएसंगै साना सवारी साधनको मनपरी तन्त्र सुरु भएको  हो ।

सर्वाेच्चको अन्तरीम आदेशका कारण नेपालका पुर्वी जिल्लाबाट सिन्धुली हुदैँ काडमाण्ठौँ जाने तथा काठमाण्डौँबाट सिन्धुली हुदैँ पुर्वी नेपालका जिल्ला सिधा जोडिने बिपी राजमार्गमा  साना सवारी साधनको दादागिरी सुरु भएको हो ।  

ठुला सवारी साधन सञ्चालनमा रोक लगाएपछि साना सवारी साधनले २० किलोमिटरको  रु २ सय ५० देखि रु ४ सय सम्म भाडा लिने गरेको यात्रु रमेह मर्हजनले गुनासो गरेका छन । कुनै पनि सवारी साधनले बढी भाडा असुलेको आफुहरुसंग गुनासो नआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका सई चन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।

यदी त्यस्तो भएमा आफुहरुलाई यथासिघ्र जानकारी गराउन र जानकारी पाउना साथ त्यस्ता सवारी साधनलाई कार्बाही गर्ने सई श्रेष्ठले बताउनु भयो ।  भने ठुला यात्रु बाहक सवारी साधन सञ्चालनमा नआउदा स्थानिय यात्रुहरु थप मारमा परेका छन ।

 साना सवारी साधन तथा हायसले स्थानिय यात्रुलाई  नरोक्ने गरेका कारण पनि स्थानिय यात्रुहरु मारमा परेका हुन । भने १०–१२ किलोमिटर हिडेर यात्रा गर्न बाध्य भएका स्थानियबासीको गुनासो छ । भने बिपी राजमार्गको सिन्धुली खुर्काेट सडक खण्डमा स्थानिय यात्रु बाहक सवारी साधन सञ्चालनमा नआउदा यात्रुहरु अटो रिक्सा सिर्जभ गरेर हिड्न बाध्य भएका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको