Like us!
Follow us!
Connect us!
Watch us!

कृषि औजार पाएपछि कुम्पुर र धुषाका किसान मख्ख

आइतबार, १० पुस २०७३, १३ : ११ मा प्रकाशित

कृषि औजार पाएपछि कुम्पुर र धुषाका किसान मख्ख

अर्थ संसार 
धादिङ– कृषि औजार पाएपछि यतिखेर धादिङ कुम्पुर  र धुषा गाविसका स्थानीय किसानहरुमख्ख भएका छन् । अक्सफामको सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले सञ्चालन गरेको भूकम्पप्रतिकार्य परियोजना अन्तरगत सञ्चालित  जीविकोपार्जन कार्यक्रम परियोजना अन्तरगत किसानहरुलाई कृषिऔजार वितरण गरिएको हो ।

बेनिघाट १ मलेखुमा एक कार्यक्रमको आयोजना गरि कुम्पुर र धुषाका ९र९ ओटा गरी १८ ओटा समूहलाई पावर टेलर, मिनि टेलर, कम्बाइनमिल, चार्जेबल स्पे्रयर, डिजिटल काँटा, थ्रेसर, रोजक्यान, स्प्रेयरपम्प, ठेलागाडा लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो । प्रत्येक समूहका लागि १ लाख ४० हजार रुपैयाँ बराबरका कृषि सामाग्री हस्तान्तर गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए ।

कृषि सामग्री औजार हस्तान्तरण गर्दै जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले कृषि औजारको प्रयोगले कृषिमा आधुनिकिकरणका साथै कम श्रममा धेरै कामहुने बताए । पछिल्लो समयमा आधुनिक कृषिऔजार प्रयोग गरी थोरै समयमा धेरै कामगर्न किसानहरु आकर्षित भैरहेका बेला सहयोगि निकायले गरेको औजार व्यवस्थाप्रति देवकोटाले धन्यवाद पनि दिए ।

प्रयास नेपाल धादिङका अधयक्ष उषा विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पश सेवा कार्यालय धादिङका वरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगत, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत षटकुमार पोखरेलले कृषि औजारको महत्व र प्रयोग बारे किसानहरुलाई बताएका थिए ।

 यो पनि पढ्नुहोस्

एसविआइ बैंकको सेयर किन्ने हो ? बजार मूल्यभन्दा झण्डै ४ सय रुपैयाँ सस्तोमा विक्रीमा

साधारण सेयर भर्दा खातामै रकम रोकिने प्रणाली सुरु गर्न ११ बैंकलाई अनुमति

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन

सिन्धुली महोत्सवमा हेलिकप्टरबाट विभिन्न स्थल घुम्ने ब्यवस्था

काम गरेर खान केको लाज ?

सुटबुट मेलामा दर्शकको भिड

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको