Like us!
Follow us!
Connect us!
Watch us!

सुटबुट मेलामा दर्शकको भिड

आइतबार, १० पुस २०७३, ११ : ०१ मा प्रकाशित

सुटबुट मेलामा दर्शकको भिड

अर्थ संसार
काठमाडौं–राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीहलमा भईरहेको १३ औं जुत्ता प्रदर्शनीमा दर्शकको भिड लागेको छ ।प्रदर्शनीे आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो । मेलामा सिलाई व्यवसायीहरुको सहभागीतासमेत छ । मेलामा सुटदेखि बुटसम्म उपलब्ध हुने आयोजकले बताएका छन् ।
 प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग, सुट, प्यान्टका स्टल छन् । प्रदर्शनी करिब ६० हजार जनाले अवलोकन गरिसकेको आयोजकको दावी छ । मेलामा १२५ स्टल छन् । तीमध्ये कपडा तथा सिलाई व्यवसायीका १५ वटा स्टल छन् ।

यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघको सहयोग छ । प्रदर्शनी करिब एक लाख जनाले अवलोकन गर्ने अनुमान आयोजकको छ । यसमा दुई करोड बराबरको कारोबार हुने उनीहरुको अपक्षा छ ।  मेला पुस ११ गतेसम्म चल्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको