Like us!
Follow us!
Connect us!
Watch us!

एसविआइ बैंकको सेयर किन्ने हो ? बजार मूल्यभन्दा झण्डै ४ सय रुपैयाँ सस्तोमा विक्रीमा

आइतबार, १० पुस २०७३, १३ : ०४ मा प्रकाशित

एसविआइ बैंकको सेयर किन्ने हो ? बजार मूल्यभन्दा झण्डै ४ सय रुपैयाँ सस्तोमा विक्रीमा

अर्थ संसार

काठमाडौं–भारतको स्टेट बैंक अफ इन्डियाको लगानी रहेको नेपाल एसबिआई बैंकले पूँजी बृद्धि गरेर संस्थापक र सर्बसारणको सेयर रेसियो ७०ः३० कायम गर्न सर्बसाधारणका लागि फर्दर पब्लिक अफरिङ (एफपिओ) आवेदन खुला गरेको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित सेयर प्रिमियममा विक्री गर्न लागेको हो । बैंकले सेयरको मूल्य ८७१ रुपैयाँ प्रिमियम जोडेर ९७१ रुपैयाँ तोकेको छ । बैंकले ६७ हजार ७ सय ६७ कित्ता एफपीओमार्फत विक्री गर्ने छ । 

बैंकको सेयर दोस्रो बजारमा भन्दा सस्तोमा लगानीकर्ताहरुले किन्न पाउने छन् । बैंकको सेयरको अन्तिम कारोबार प्रतिकित्ता १४४० रुपैयाँमा भएको थियो ।  बैंकको सेयरमा आवेदन निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल, नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड र नेपाल एसबिआई बैंकका शाखाहरुमार्फत आवेदन दिन सकिने छ । 

बैंकले प्रतिब्यक्ति न्युनतम १० कित्तादेखि अधिकतम ६७० कित्तासम्म आवेदन दिन सकिने जनाएको छ । बैकको चुक्ता पूँजी ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ छ । बैंकले गतबर्षको मुनाफाबाट २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि ६७ हजार कित्ता एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढेर ४ अर्ब ८९ करोड रुपैंया पुग्नेछ ।

एसबिआइ बैंकको एफपीओमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । त्यति समयमा विक्रीमा राखिएको सेयरका लागि आवेदन नपरे ढिलोमा पुस २४ गतेसम्म आवेदन लिइने बैंकले जानकारी दिएको छ । 

 यो पनि पढ्नुहोस्

९१ यात्रु बोकेको रुसी विमान बेपत्ता

साधारण सेयर भर्दा खातामै रकम रोकिने प्रणाली सुरु गर्न ११ बैंकलाई अनुमति

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन

सिन्धुली महोत्सवमा हेलिकप्टरबाट विभिन्न स्थल घुम्ने ब्यवस्था

काम गरेर खान केको लाज ?

सुटबुट मेलामा दर्शकको भिड

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन

585f756aac2f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको