Like us!
Follow us!
Connect us!
Watch us!
तेश्रो दिन करिब १५ हजारले गरे अबलोकन

सिन्धुली महोत्सवमा हेलिकप्टरबाट विभिन्न स्थल घुम्ने ब्यवस्था

आइतबार, १० पुस २०७३, १२ : ०० मा प्रकाशित

सिन्धुली महोत्सवमा हेलिकप्टरबाट विभिन्न स्थल घुम्ने ब्यवस्था

अर्थ संसार 

सिन्धुली– सिन्धुली महोत्सवको तेश्रो दिन शनिबार करिब १५ हजार दर्शकले अवलोकन गरेका छन् । विदाको दिन परेकाले महोत्सव हेर्नेको अत्यधिक भिड थियो । महोत्सवको तेश्रो दिन करिब ४ लाख ३७ हजारको टिकट विक्रि भएको आयोजक सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव विहिवार शुरु भएको थियो  । दोस्रो दिन शुक्रवार १ लाख ५ हजारको टिकट विक्रि भएको थियो । 

शनिवार हाट भर्न आउनेहरुले मेला अबलोकन गरेका थिए । सिन्धुलीमाढीमा हरेक शनिबार हाट लाग्छ । यस दिन विद्यार्थी र सरकारी कर्मचारीको समेत बाक्लो उपस्थिति थियो । ‘समृद्ध सिन्धुली निर्माणको आधार, कृषि पर्यटन र उद्योगको क्षेत्रको लगानीमैत्री बातावरणमा सुधार’ भन्ने नारासहित सिन्धुलीमाढीमा महोत्सव सुरु भएको हो । 

महोत्सवमा २ सय ५० ओटा स्टलमा स्थानीय कृषि, घरेलु उत्पादन, स्थानीय परम्परागत सस्कृति झल्कने परमपरागत वस्तुहरुको, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन प्रर्दशनीमा राखिएका छन् ।राष्ट्रिय ख्याती प्राप्त कलकारहरुको प्रस्तुतिले पनि महोत्सवको रौनक वढाएको छ ।

विहिवार चर्चित लोक गायक नविन पौडेलले सिन्धुलीलाई नचाए । यस्तै शुक्रवार पनि चर्चित लोकगायक पशुपति शर्मा, हास्य कलाकार सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगिन्दर) ले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । यस्तै शनिवार रामजी खाँड, राजु बराल, हरि कर्मचार्यलगायतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । आईतवार ज्योति मगरले मेलामा गाउने आयोजकले जनाएको छ । सहोत्सवमा स्थानीय कलाकारहरुको नृत्य र गायन प्रतियोगिता भइरहेको छ । 

मेलामा ५० रुपैयाँको टिकटको ब्यवस्था गरिएको छ । विद्यार्थी र एकल महिलालाई टिकटमा छुट दिइएको छ । उनीहरुले परिचय पत्र देखाएर ३० रुपैयाँमा प्रवेश गर्न पाउने छन् । पूर्ण अपाङ्ग र जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको ब्यवस्था छ । 

महोत्सवका अबसरमा जिल्लाको प्रमुख धार्मिक र ऐतिहासिक स्थलहरु काली कमलामाई, शिद्घबावा,  भद्रकाली मन्दिर, कुशेश्वर महादेवको दर्शन, नेपाली पुर्खाहरुले आफ्नो त्याग र उत्सर्ग गरेर राष्ट्रिय स्वतन्त्रता र अखण्डता कायम गर्न लडेको विख्यात सिन्धुलीगढी र हरिहरपुरगढी दरबार अवलोकनका लागि हेलिकप्टरको समेत ब्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

अर्थ संसार डटकम सिन्धुली महोत्सवको मिडिया पार्टनर रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको