Like us!
Follow us!
Connect us!
Watch us!

९१ यात्रु बोकेको रुसी विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त

आइतबार, १० पुस २०७३, १२ : ५३ मा प्रकाशित

९१ यात्रु बोकेको रुसी विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त

बिबिसी
काठमाडौं–उडेको केही समयदेखि राडरसँग सम्पर्कविहीन भएको रुसी सेनाको विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त भएको पाइएको रसियाली रक्षा मन्त्रालयले जनाएको छ । सोचीस्थित ब्ल्याक सी रिसोर्टबाट विमान सिरियाको लाटाकिया प्रान्त जाँदै थियो।
आपतकालसम्बन्धी मन्त्रालयले सेनाको विमान टीयू–१५४ भएको बताएको छ।

यात्रु उक्त मन्त्रालयले विमानमा ८ जनाको चालकदलसहित ९१ यात्रु रहेको पुष्टि गरेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन्। यात्रुमध्ये सेनाको सांगीतिक समूह र पत्रकारहरु पनि भएको खबरहरु छन्। 

उनीहरु सिरियामा रहेको रुसी सेनाको शिविरमा नयाँ वर्षको अवसरमा सांगीतिक कार्यक्रम मनाउन जाँदै थिए। इन्टरफ्याक्स समाचार संस्थाले मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय समयअनुसार ५ बजेर २० मिनेट जाँदा उडेको विमान २० मिनेटपछि राडरसँगको सम्पर्कबाट बाहिर गएको बताएको छ। रुसी जलक्षेत्रमाथिबाट सम्पर्कविहीन भएको विमानको खोजीकार्य जारी भएको रुसको सरकारी टेलिभिजनले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको