Like us!
Follow us!
Connect us!
Watch us!

किंग्स लाउञ्जले विश्वकपको उद्घाटनमा खेलाडीलाई सम्मानगर्ने

बुधबार, ३० जेठ २०७५, १५ : २० मा प्रकाशित

किंग्स लाउञ्जले विश्वकपको उद्घाटनमा खेलाडीलाई सम्मानगर्ने

अर्थ संसार, काठमाडौंं– दरबारमार्गमारहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन शत्रमाखेलाडीहरुलाई सम्मानगर्ने भएको छ । फुटबलको कुम्भ मेलाविश्वकप २०१८ रंगशालामाप्रत्यक्ष हेरे जस्तै अनुभव दिँदै लाउञ्जले विभिन्न विधाका राष्ट्रिय खेलाडीहरुलाई एक साथ सम्मान गर्ने भएको हो ।

लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार जेठ ३१गते विश्वकपको औपचारिक कार्यक्रम सुरु हुँदै गर्दा राष्ट्रिय फुटबल टीमका साथै क्रिकेट, तेक्वान्दो लगायत विभिन्न विधाका खेलाडीहरुलाई एकै पटक सम्मान गरिनेछ । यसै गरी लाउञ्जमा फुटबल हेर्ने दर्शक मध्येका एक जनालाई राष्ट्रिय फुटबल टीमका कप्तानबाट उपहार सहित सम्मान गर्ने कार्यक्रमरहेको लाउञ्जका सञ्चालक संगम राईले बताए । 

फुटबलको कुम्भ मेला सुरु हुँदै गर्दा लाउञ्जमा एड्रििन प्रधानले विशेष सांगितिक प्रस्तुती दिने छन् । लाउञ्जले संगीतमा अधिक रुचीभएका खेल प्रेमीहरुलाई लक्षितगर्दै २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटलका खेलहरु प्रदर्शन गर्नेछ । लाउञ्जमा विश्वकप अवधिभरी खेलाडी, कलाकार, आमदर्शक, संगीत प्रमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । उक्त अवसरमा लाउञ्जले सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदानगर्ने लाउञ्जका सञ्चालक कुमार गुरुङले जानकारी दिए । 

चाईनिज, थाई, इन्डियन, नेपालीतथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट आयोजनाहुने छन् । बिहान ११ बजेदेखि रातिसाढे १२ बजेसम्म संचालनमा आउने रेष्टुरेन्टमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालनहुने छन् । टेरेस कर्नरका साथै पर्सनलबार सहितको भिआईपी हल लाउञ्जको विशेषताहो ।

5b20e83491d61.jpg 5b20e83523048.jpg 5b20e83b90198.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको