Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले पर्यटन क्षेत्रमा हालसम्मकै ठूलो ‘काउन्सिल प्रेसिडेन्ट अवार्ड’ नागरिक उड्डयानले पायो

मंगलबार, २९ जेठ २०७५, १० : ४६ मा प्रकाशित

नेपालले पर्यटन क्षेत्रमा हालसम्मकै ठूलो ‘काउन्सिल प्रेसिडेन्ट अवार्ड’ नागरिक उड्डयानले पायो

अर्थ संसार,   काठमाडौं - अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी क्यानडा प्रस्थान गर्नुभएको छ ।

 आइकाओको प्रधान कार्यालय मन्ट्रियलमा आज राती  हुने ‘काउन्सिल प्रेसिडेन्ट अवार्ड’ ग्रहण गर्न मन्त्री अधिकारी त्यसतर्फ जानुभएको पर्यटन मन्त्रालयले जनाएको छ । उडान सुरक्षा सुपरीवेक्षणका क्षेत्रमा नेपालले हासिल गरेको उल्लेखनीय प्रगतिलाई कदर गर्दै आइकाओले सम्मान दिन लागेको हो ।

 उडान सुरक्षाका क्षेत्रमा आइकाओबाट औँल्याइएको गम्भीर कमजोरीलाई निराकरण गर्न नेपालले गरेको अथक प्रयासका कारण सन् २०१७ जुलाई ४ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षणपछि नेपाल गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटेको थियो ।

नेपालले उडान सुरक्षाका क्षेत्रमा गरेको कामको आइकाओबाट हुने कदर नेपालको उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

मन्त्री अधिकारी आगामी असार ६ गते स्वदेश फर्कने उहाँको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम पनि  जानुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको